काठमाडौं । डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका अध्यक्ष वाङ लङको नेतृत्वमा रहेको एक वरिष्ठ प्रतिनिधिमण्डल औपचारिक निरीक्षण तथा एक्सचेन्ज भ्रमणका लागि नेपाल आएको छ । यस भ्रमणको उद्देश्य नेपालमा डोङफेङको बजार प्रदर्शन, सञ्चालन संरचना तथा समग्र उपस्थितिको समीक्षा गर्नुका साथै स्थानीय साझेदार र ग्राहकसँगको सहकार्यलाई थप मजबुत बनाउनु रहेको थियो ।
डोङफेङ मोटरको नेपाली बजारप्रतिको चासो र दीर्घकालीन विकासको सम्भावनाका आधारमा यो भ्रमण तय भएको थियो ।
प्रतिनिधिमण्डलमा कम्पनीका अध्यक्ष वाङ लङ, स्ट्राटेजिक अपरेसन्स डिपार्टमेन्टका निर्देशक झाओ सियाओजीए, ह्युमन रिसोर्स डिपार्टमेन्टका निर्देशक चेन जियान तथा दक्षिण एसिया क्षेत्रका क्षेत्रीय प्रबन्धक हे जिक्सिन सहभागी थिए ।
टोलीले नेपालमा हाल भइरहेका बजार गतिविधिहरूको अवलोकन गर्नुका साथै पूर्वाधार र आफ्टर सेल्स सर्भिसको मूल्याङ्कन गर्दै भविष्यको विकास, विस्तार र तीव्र बजार पहुँचका अवसरहरूबारे अध्ययन गरेको थियो ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालमा डोङफेङको हालसम्मको प्रदर्शनको समीक्षा गर्दै ग्राहक प्रतिक्रिया, बजारको ट्रेण्ड तथा सञ्चालन दक्षताबारे जानकारी लिएको थियो । साथै, विद्यमान फ्यासिलिटीहरूको मूल्याङ्कन गर्दै ब्रान्ड उपस्थितिलाई अझ सशक्त बनाउने, ग्राहक अनुभव सुधार गर्ने र नेपाली बजारका लागि उत्पादन रेन्ज विस्तार गर्ने रणनीतिहरूमाथि छलफल गरिएको थियो ।
भ्रमणको अवसर छोपेर डोङफेङका प्रतिनिधिमण्डलले ग्राहकहरूलाई नामी गाडीहरू पनि हस्तान्तरण गरिका थिए जुन यस ब्रान्डको लागि नेपालमा एक महत्वपूर्ण उपलब्धि हो । यस महत्त्वपूर्ण अवसरले डोङफेङ र नामीको भरपर्दो र भ्यालु बेस्ड मोबिलिटी सोलुसन्स प्रदान गर्ने तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।
भविष्यको सहकार्य र बजार विकाससम्बन्धी सकारात्मक छलफलसँगै भ्रमण सफलतापूर्वक सम्पन्न भएको थियो । डोङफेङ मोटरले नेपालमा आफ्ना गतिविधिहरू सञ्चालन गर्न निरन्तर सहयोग गर्ने, स्थानीय साझेदारसँग निकट रहेर काम गर्ने, पूर्वाधारहरू सुदृढ गर्ने, सेवा गुणस्तर सुधार गर्ने र विकसित हुँदै गएको नेपाली ईभी बजारमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।









प्रतिक्रिया