२९ आश्विन २०८३, बिहिबार

रास्वपा प्रि–इलेक्सनको नतिजा सार्वजनिक, पहिलो स्थानमा रमेश प्रसाईँ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार विभिन्न क्लस्टरबाट उम्मेदवारहरू निर्वाचित भएका छन् ।

खुलातर्फ पहिलो स्थानमा १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईँ निर्वाचित भएका छन् । दोस्रोमा १४ हजार १६७ मतसहित प्रमोद न्यौपाने र तेस्रोमा १३ हजार ५५१ मत प्राप्त गर्दै रञ्जु दर्शना निर्वाचित भएकी छन् ।

त्यस्तै चौथोमा टिका संग्रौला (ज्वाला) ले १३ हजार १०६, पाँचौँमा लिमा अधिकारी ले १२ हजार ७६०, छैटौँमा समीक्षा बास्कोटा ले १२ हजार ४६०, सातौँमा विपिनकुमार आचार्य ले १२ हजार २४५, आठौँमा क्रान्ति शिखा धिताल ले ११ हजार ७८१ र नवौँमा प्रतिभा रावल ले ११ हजार ७२१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

आदिवासी जनजातितर्फ पहिलो नम्बरमा १६ हजार १२ मतसहित उत्तम बहादुर गुरुङ, दोस्रोमा १४ हजार २०१ मतसहित गायिका सत्यकला राई, तेस्रोमा १३ हजार ७३ मतसहित टासी लाजोम र चौथोमा १३ हजार ५९ मतसहित मिलन लिम्बु निर्वाचित भएका छन् ।

दलिततर्फ पहिलो नम्बरमा १३ हजार १४३ मत प्राप्त गर्दै विजय जैरु, दोस्रोमा १० हजार ७३ मतसहित अमृता विक, तेस्रोमा १२ हजार ८५६ मतसहित सविना विश्वकर्मा, चौथोमा १२ हजार ७१० मतसहित स्मृति सेन्चुरी र पाँचौँमा १२ हजार २८५ मतसहित अविता नेपाली निर्वाचित भएका छन् ।

यसैगरी छैटौँमा सिता विश्वकर्मा (११ हजार २१५), सातौँमा डा. रुपक विश्वकर्मा (११ हजार १५५), आठौँमा खिमा विक (९ हजार ८३५) र नवौँमा चन्द्रकला विक (९ हजार ७१९) निर्वाचित भएका छन् ।

मधेशीतर्फ पहिलो नम्बरमा १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल, दोस्रोमा १२ हजार ३२२ मतसहित डा. अंकिता ठाकुर र तेस्रोमा ११ हजार ६३० मतसहित ममता शर्मा निर्वाचित भएकी छन् ।

थारुतर्फ पहिलो नम्बरमा १७ हजार ४२५ मतसहित प्रेमलाल चौधरी, दोस्रोमा १३ हजार ६१३ मतसहित चुमन चौधरी र तेस्रोमा १३ हजार ५३५ मतसहित पुष्पाकुमारी चौधरी निर्वाचित भएकी छन् ।

मुस्लिमतर्फ पहिलो नम्बरमा १५ हजार ९६७ मत प्राप्त गर्दै समिना मिया, दोस्रोमा १५ हजार १५७ मतसहित अख्तर हुसैन र तेस्रोमा १४ हजार ४६३ मतसहित मोहम्मद हसरत अली निर्वाचित भएका छन् ।