काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्टस क्लबले एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार दोस्रो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सम्पन्न खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डले एकतर्फी खेल २५–१७, २५–१७, २५–१७ ले आफ्नो पक्षमा पा¥यो ।
जितसँगै समूह ‘ए’को न्यु डाइमन्डले दुई खेलमा ६ अंक जोडेको छ । टोलीले पहिलो खेलमा चुली युवा क्लबलाई सोझो सेटमा हराएको थियो । अब न्यु डायमन्डले अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबको सामना गर्नेछ ।
यता, पहिलो पराजय ब्यहोरेको आर्मीको पनि तीन खेलबाट समान ६ अंक छ । आर्मीले यसअघि एभरेस्ट र चुलीलाई सोझो सेटमा पराजित गरेको थियो ।
यही खेलमार्फत न्यु डायमन्डकी प्रतिभा मालीले लामो समयपछि पुनरागमन गरेकी छन् ।








प्रतिक्रिया