२२ असार २०८३, सोमबार

कांग्रेस प्रदेश समितिले ल्याएको समानुपातिकको सूची अनुमोदन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको सूचीलाई अनुमोदन गरेको छ ।

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार सातै प्रदेशले आफ्नो भागमा परेका समानुपातिकतर्फका सांसदको उम्मेदवारको सूचीलाई जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।

उक्त नामहरू अनुमोदन भएपछि अहिले २ घण्टाका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए । अब दुई घण्टापछि बस्ने बैठकले समानुपातिकतर्फको सांसदका उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने र त्यसपछि मात्रै निर्वाचन आयोग जाने उनको भनाइ छ ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो ।