२१ जेष्ठ २०८३, बिहिबार

‘झरीपछिको इन्द्रेणी’ले नौ दिनमा कति गर्‍यो कलेक्सन ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले नौ दिनमा ६२ लाख ६९ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

अघिल्लो शुक्रबार रिलिज भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले शनिबार रातिसम्म नौ दिनमा ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

‘चिराग’ ६८ हजार ४५० रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘लोकन्ती’ले चार लाख १२ जहार ५४० रहेको छ ।

‘पीआर’ले बक्सअफिसमा ६ लाख ७५ हजार ३३ रुपैया ग्रसकलेक्सन गरेको छ । ‘अभिमन्यु’ले २१ लाख ५० हजार ४०२ रुपैयाँ ग्रसकलेक्सन गरेको बोर्डको तथ्यांकमा उल्लेख छ ।