१७ असार २०८३, बुधबार

शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ : प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन् ।

बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सहभागी भई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्नुपर्नेमा जोड दिए ।

उहाँले शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने आफ्नो चाहना रहेकाले त्यसमा सामुदायीक शिक्षको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने उल्लेख गरे । उनले जेन्जी आन्दोलनपछिको यो अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन् । संकटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा रहेको उनको भनाइ थियो।

संयोजक प्रचण्डले हालै देखिएको ‘जेन्जी आन्दोलन’ उल्लेख गर्दै युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताए। “नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेन्जी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ । नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको छ” उनले भने ।

उनले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकोमा युवाहरूलाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राखे । युवाहरुलाई आग्रह गर्दै संयोजक प्रचण्डले भने “अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ ।”