काठमाडौं । जेन–जी आन्दोलनसँग जोडिएका भदौ २३ र २४ का घटनाको अनुसन्धान गरिरहेको जाँचबुझ आयोगमा ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङले उपस्थित भई बयान दिएका छन्।
गुरुङले आफू र संस्थासँग सम्बन्धित आर्थिक गतिविधिका सम्पूर्ण विवरण र कागजातसहित आयोगसमक्ष जानकारी गराएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले छानबिन प्रक्रियामा स्वयं सहभागी भएर उठाइएका प्रश्नहरूको तथ्यसहित जवाफ दिएको उल्लेख गरेका छन्।
आफूमाथि लगाइएका आरोपबारे सत्य बाहिर ल्याउन प्रमाण प्रस्तुत गरेको बताउँदै उनले अनुसन्धानबाट वास्तविकता स्पष्ट हुने विश्वास व्यक्त गरे। प्रमाणका आधारमा मात्रै निष्कर्ष हुनुपर्ने उनको भनाइ छ।
छानबिनबाट सत्य उजागर हुनेमा विश्वास व्यक्त गर्दै उनले लेखेका छन्, ‘सत्य कहिल्यै डराउँदिनँ। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु।’








प्रतिक्रिया