काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभा समानुपातिक उम्मेदवारको अन्तिम सूची तय गर्ने सम्पूर्ण जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई उम्मेदवारको अन्तिम सूची तय गर्ने जिम्मेवारी दिएको हो । अध्यक्षबाट प्रस्तावित नाम र देशभरिबाट आएका सुझावहरू समेटेर अन्तिम टुंगो ओलीले नै लगाउने सहमति बनेको छ ।
अध्यक्ष ओलीले शीर्ष नेताहरूसँग आवश्यक परामर्श गरी बन्द सूची तयार पार्ने र भोलि नै निर्वाचन आयोगमा बुझाउने छन्।
अध्यक्ष ओलीले उम्मेदवारको सूचीमा पूर्व उपाध्यक्ष गुरू बराल, सचिव पद्मा अर्याल, अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व अध्यक्ष निरू पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरी, जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानी रहनुभएको छ ।








प्रतिक्रिया