२८ आश्विन २०८३, बुधबार

भृकुटीमण्डपमा ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सुरु भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु फेस्टको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उद्घाटन गरेका हुन्‌ ।

‘जे गर्छौं, नेपालमै टेल’ भन्ने नारासहित सुरु भएको हेड नेपालमै अवसरहरु छ भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताए । निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रुपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखेको छ ।

पहिलो दिन आज १५ हजार बढी दर्शकले मेलाको आवलोकन गरेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ । ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टमा २ अर्ब बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा विश्वकै ठूलो इट्टा लगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ ।

आजबाट सुरु भएको फेस्ट आगामी मंगलबारसम्म जारी रहनेछ । नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ग्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्‍याउन सक्नेछन्‌ ।

त्यस्तै, उल्टो घर, डोम हाउस, ६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणका रूपमा राखिएको छ ।