१६ असार २०८३, मंगलबार

तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन सुरु गरेका छन् ।

आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहित तीनवटा दलले बन्दसूची पेश गरेका छन् । तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आइतबार र सोमबार बन्दसूची पेश गर्ने समय तोकिएको छ ।

प्रवक्ता भट्टराईका अनुसार आयोगले समानुपातिक बन्दसूची पेश गर्ने काम दुई चरणमा गरिरहेको छ । पहिलो चरणमा सम्बन्धित दलले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा रहेकोरनरहेको जाँच गरी निस्सा उपलब्ध गराउने काम हुन्छ । निस्सा पाएपछि मात्र बन्दसूची दर्ता गरी पेश गरिनेछ । सेवा प्रवाहका लागि आवश्यक स्रोत र साधनको व्यवस्था पनि मिलाइएको छ । उनले आयोगको व्यस्त कार्यतालिकाका कारण समय थप गर्न नहुने र सोमबार ६ बजेसम्म आउने दलहरूलाई सेवा दिने जानकारी दिए ।

उनले भने, “निर्वाचन आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार पौष १३ र १४ गते दुई दिनसम्म बन्दसूची पेश गर्ने समय तोकिएको छ । आजसम्म तीन दलबाट जम्मा १३४ जनाको बन्दसूची भेरिफाई भइसकेको छ । निस्सा लिएर बन्दसूची पेश गर्ने चरणमा दलहरू छन् । आज र भोलि समय तोकिएको भएकाले भोलिसम्म सबै दलको सूची आउने अनुमान छ र हामी सेवा प्रवाहका लागि तयारी अवस्थामा छौँ ।”

प्रवक्ता भट्टराईले विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्थाअनुसार दलहरूले नामावली तयार गर्ने विश्वास व्यक्त गरे । आयोगले त्यसका लागि राजनीतिक दलहरूलाई अभिमुखिकरण पनि गरेको छ । उनका अनुसार संशोधन आवश्यक परेमा पुस २१ देखि २७ गतेसम्म समय दिइएको छ । साथै, पुस १५ देखि २० गतेसम्म नामावली भेरिफाई गरेर कानून अनुसार मिलाउनुपर्ने भएमा २० गते सूचना दिने व्यवस्था गरिएको छ ।