२५ जेष्ठ २०८३, सोमबार

एपीएफको लगातार दोस्रो जित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपममा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।

एपीएफले आज च्याम्पियनसिपअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा सम्पन्न खेलमा सुदूरपश्चिम खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

जितसँगै एपीएफले प्रतियोगितामा ६ अंक जोडेको छ । यसअघि एपीएफले मधेस प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

बिहीबार जितको निम्ति एपीएफले २५–१६, २५–१९ र २५–२२ को नतिजा ल्याएको थियो ।