७ कार्तिक २०८३, शनिबार

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी आवागमन खुल्ला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । बाढीका कारण विगत ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । आज बिहान ७ः०० बजेदेखि नेपाली ट्रक र सवारीचालकहरू चिनियाँ भूभाग केरुङतर्फ प्रस्थान गर्न थालेका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार नेपाल र चीन जोड्ने ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएपछि नाका खुला गरिएको हो । सीमा क्षेत्रका चिनियाँ अधिकारीहरूले पुस १७ गतेदेखि नाका सञ्चालनमा ल्याउने सहमति जनाएअनुसार आवतजावत शुरू भएको उनले बताए ।

गत असार २४ गतेअगाडि सामग्री लिन केरुङ पुगेका मालवाहक कन्टेनर ल्याउनका लागि नेपाली चालक र व्यवसायीका प्रतिनिधिहरू केरुङ प्रस्थान गरिसकेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए ।

ल्हेन्दे खोलाको मितेरी पुल बाढीले बगाएपछि असारदेखि नै व्यापारिक कारोबार ठप्प भएको थियो । यस अवधिमा भन्सार शुल्कबापत उठ्ने करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए ।

बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पु¥याउनुका साथै रसुवागढी–स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा नदी कटान गरेको थियो ।