२६ असार २०८३, शुक्रबार

रवि र बालेनबीचको सहमतिलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको मिलन कुनै अनौठो नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए ।

उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए । राजनीतिमा सबै खाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताए ।

उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।