१४ असार २०८३, आइतबार

डा. अञ्जान शाक्यको स्वर रहेको गीत ‘मेरो गीतभित्र…’ सार्वजनिक

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यको स्वर रहेको नयाँ गीत ‘मेरो गीतभित्र…’ सार्वजनिक भएको छ ।

शनिबार सार्वजनिक गरिएको गीतमा एरेन्ज संजय शाक्यले गरेका छन् भने संगीत डा. अञ्जान शाक्य र संजय शाक्यको रहेको छ ।

मायाप्रेम र जीवनका भावनात्मक कथालाई समेटेर तयार गरिएको गीतले श्रोताको मन छुने अपेक्षा गरिएको छ ।

गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा चर्चित अभिनेता सरोज खनाल र अभिनेत्री तथा पूर्व मिस नेपाल उषा खड्गीको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोको निर्देशन देवकुमार श्रेष्ठले गरेका हुन् । भिडियो शाक्यको आफ्नै आधिकारिक युट्युब च्यानल ‘डा. अञ्जान शाक्य’मार्फत सार्वजनिक गरिएको हो ।