काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची सोमबार बुझाउने तयारी गरेको छ । जिल्लाबाट आएका उमेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको नेता देव गुरुङले जानकारी दिए ।
नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उमेदवारलाई यस पटक समेट्ने नेता गुरुङले बताए ।








प्रतिक्रिया