काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगाातर दोस्रो जित निकालेको छ ।
आइतबार (पुस १३) च्याम्पियनसिपअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा आर्मी क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
यो जितसँगै आर्मीले प्रतियोगितामा ६ अंक जोडेको छ । आर्मीले यसअघि पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को साझो सेटमा पराजित गरेको थियो ।
आइतबार दोस्रो जितका निम्ति आर्मीले चुलीलाई पहिलो, दोस्रो र तेस्रो सेटमा २५–१६, २५–१२ र २५–९ ले हराएको थियो ।








प्रतिक्रिया