२९ जेष्ठ २०८३, शुक्रबार

मिडिया संकटमा छन्, लगानीको वातावरण बनाउन सरकारले सहजीकरण गर्छ : मन्त्री खरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मिडिया संकटमा रहेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा आयोजित अन्तक्र्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

डिजिटल मिडिया नै आजका मूलधारका मिडिया रहेको बताउँदै मन्त्री खरेलले अब नयाँ मूलधारका मिडियालाइ प्राथमिकता दिइने बताए । साथै, सरकारले अनलाइन टिभी दर्ता र कल्याणकारी सहयोग गर्ने पनि उनले आश्वासन दिए ।

“पछिल्लो समय मिडिया संकटमा छ । मिडियाको संकट र चुनौतीप्रति जानकार छु । प्रजातन्त्र बहालीपछि नेपालमा च्याउसरी मिडिया विकास भए,” उनले भने, “संख्या बढेकाले व्यावसायिक बन्न अस्वस्थ्य प्रतिस्पर्धा छ । देशको अर्थतन्त्र चलायमान नभई मिडियाको व्यवसायिकता र दिगोपना चुनौती छ ।”

मन्त्री खरेलले राज्यको कल्याणकारी विज्ञापन सही प्रयोग नभएको उनको भनाइ थियो ।