१९ असार २०८३, शुक्रबार

वैदेशिक सहायता कटौतीले अफगानिस्तानमा २ करोड मानिस भोकमरीको संकटमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय सहायतामा कटौती भएपछि अफगानिस्तानमा मानवीय संकट थप गहिरिएको छ । अफगानिस्तानमा अनुमानित २.२९ करोड मानिसहरू भोकमरीको संकटमा पर्ने आशंका रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गरेको छ । अर्थात्, देशको करिब आधा जनसंख्यालाई सन् २०२५ मा सहायता आवश्यक पर्नेछ ।

विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानमा १.७ करोडभन्दा बढी मानिसहरू यस जाडोमा भोकमरीको संकट सामना गरिरहेका भन्दै चेतावनी दिएको छ ।

यो भोकमरीको संकट एक वर्षअघिको तुलनामा ३० लाख बढी मानिसमा फैलिएको हो । अफगानिस्तान आर्थिक संकटमा छ र बारम्बार सुक्खा पर्नुका साथै दुई विनाशकारी भूकम्पपछि अवस्था झन् बिग्रिएको छ ।

ईरान र पाकिस्तानजस्ता देशहरूबाट फर्काइएका अफगान शरणार्थीहरूको ठूलो संख्याले पनि देशमा आर्थिक दबाब बढाएको बताइएको छ । यस्तो अवस्थामा सहायता कटौती गर्नु खतरनाक भएको र यहाँको अवस्था झन् जटिल बन्दै गएको बताइएको छ ।