काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको ७ बुँदे सहमतिलगत्तै रविका दाजु हरिशरण लामिछानेले अब काठमाडौंको मेयरमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
सामाजिक सञ्जालमा रवि र बालेनको तस्वीर राख्दै हरिशरणले काठमाडौंको मेयरमा आफूले स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको जानकारी गराएका हुन् ।
‘दुई भाइको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रवल सम्भावना रहेको जानकारी गराउदछु ।’ हरिशरणले फेसबुकमा लेखेका छन् ।
आइतबार बिहान रास्वपा सभापति रवि र मेयर बालेनबीच एकता गर्ने सहमति भएको छ । उनीहरूले हस्ताक्षर गरेको सहमतिपत्रमा दुई पक्षबीच एकतापछि राजनीतिक दलको नाम रास्वपा नै रहनेछ भने सभापति रवि नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने उल्लेख छ ।









प्रतिक्रिया