काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बुधबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाअन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशनसम्बन्धी निर्णय गर्ने बताइएको छ ।
बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।









प्रतिक्रिया