१७ असार २०८३, बुधबार

एमाले सचिवालय बैठक बस्दै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । पार्टीको ११ औं महाधिवेशनपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूका बारेमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि पुस १३ गते (आइतबार) समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ ।

जिल्ला र प्रदेशबाट समानुपातिकतर्फका आकांक्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेताहरूले ती नामहरूको छोटो सूची तयार गरेका छन् ।

आजको बैठकमा नेताहरूले दिएका सुझावका आधारमा समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली टुंग्याएर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको बताइएको छ ।