काठमाडौं । नेपाली कांग्रेसले विगतमा पार्टी अनुशासन समितिको कारबाहीमा परेका आफ्ना नेता–कार्यकर्ताहरुको निलम्बन फुकुवा गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरुको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ । साथै, बैठकले पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान समेत गरेको छ ।
कार्यसम्पादन समितिको अर्को बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पौडेलले बताए ।










प्रतिक्रिया