काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागि छन् ।
नेताहरुबीच निर्वाचन केन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।










प्रतिक्रिया