काठमाडौं । नेपालको खेलकुद इतिहासमा एक महत्वपूर्ण र प्रेरणादायी उपलब्धि थपिएको छ । नेपालकै कान्छा प्रतिनिधिका रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा रोजेश खड्का नियुक्त भएका छन् ।
युवा उमेरमै नेतृत्व क्षमता, सक्रियता र समर्पणमार्फत आफूलाई स्थापित गर्न सफल भक्तपुर–१ दुवाकोट निवासी खड्काले नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र आशा थपिएको विश्वास गरिएको छ ।
लामो समयदेखि खेलकुदसँग जोडिएर नीति, व्यवस्थापन र युवा सहभागिताका विषयमा सक्रिय रहँदै आएका उनको अनुभव र दृष्टिकोणले राखेपलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।
विशेषतः युवाको सहभागिता, खेलकुद पूर्वाधार विकास, खेलाडीको हकहित संरक्षण तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको खेलकुद छवि सुदृढ गर्न उनको भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ । नेपालकै कान्छा सदस्यका रूपमा राखेपमा प्रवेश गर्नु आफैंमा ऐतिहासिक उपलब्धि भएको र यसले अन्य युवाहरूलाई पनि नेतृत्वदायी भूमिकामा अगाडि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ ।








प्रतिक्रिया