३ श्रावण २०८३, आइतबार

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न’ बोलको गीत सार्वजनिक भएको छ ।

कवि तथा गीतकार दिनेश अधिकारीको शब्दरचना रहेको गीतमा संगीत हरि लम्सालले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका मनोदशालाई उजागर गरिएको छ ।