बाजुरा । बाजुरामा स्याउ तथा सुन्तला बगैँचाको उत्पादन बढाउने उद्देश्यले बगैँचा सुदृढीकरण तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमअन्तर्गत कृषि प्राविधिकहरू कृषकका बगैँचामै पुगेर काँटछाँट, पेष्ट प्रयोग र व्यवस्थापनसम्बन्धी तालिम दिइरहेका छन् ।
बुढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बडीमालिका र गौमुलका स्याउ तथा सुन्तला बगैँचामा संयुक्त रूपमा व्यवस्थापन कार्य भइरहेको छ ।
जलवायु परिवर्तनका कारण स्याउका बोट छिटो पात झर्ने समस्या देखिएपछि हिउँदयाममै व्यवस्थापनलाई प्राथमिकता दिइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अभियानपछि बगैँचाको पुनः अवलोकन गरिनेछ ।
कृषि प्राविधिक र कृषकको सहकार्यमा गरिएका गतिविधिका केही तस्वीरहरू यहाँ प्रस्तुत छन् ।









प्रतिक्रिया