रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर मेसिन विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि उनीहरूलाई वीरगञ्जतर्फ थप उपचारका लागि पठाइएको छ । मृतक र घाइतेहरूको पहिचान अझै खुल्न बाँकी रहेको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।
विष्फोट शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ । घटनापछि स्थानीयहरू त्रसित बनेका छन् भने थप क्षति नहोस् भनी सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएका छन् ।








प्रतिक्रिया