२३ असार २०८३, मंगलबार

गाडीको ठक्करबाट एक जनाको मृत्यु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।