२८ असार २०८३, आइतबार

जीवनमा मनोनित हुने अवसर एक जनालाई एक पटक दिउँ : एमाले नेता अधिकारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का नेता काशीनाथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्‍याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीहरुले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुन त्यो अवसर नदिन आग्रह गरेका हुन् ।

मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले त यस्ता व्यक्तिलाई समानुपातिकको अवसर दिनै नहुने तर्क अघि सारेका छन् ।

‘२०४७ साल पश्चात एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन दोहोर्‍याउने काम नगरौँ । कम्तिमा नेकपा (एमाले)ले नगरोस्’ पार्टीको संगठन विभागका पूर्वप्रमुख समेत रहेका अधिकारीले लेखेका छन्, ‘जीवनमा एक जनालाई एक पटक मात्र मनोनित हुने अवसर प्राप्त होस् ।’

अधिकारीले यस्तो अवसर पनि न्यायोचित वितरण होस् भन्ने माग गरेका छन् । पार्टीमा पद र अवसरका लागि थिती बसोस् भन्ने आफ्नो विशेष आग्रह रहेको उनको भनाइ छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि दलहरुलाई पुस १२ गतेसम्म समानुपातिक तर्फका उम्मेदवारको सुची निर्वाचन आयोगमा बुझाउने समयसीमा दिइएको छ ।