३१ जेष्ठ २०८३, आइतबार

पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने, मन्त्रिपरिषद्ले अन्य के-के निर्णय गर्‍यो ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले च्याउ दिवश मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्तै बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ । यसैगरी, वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको खरेलले जानकारी दिएका छन् ।

जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै बैठकले विभिन्न ९ वटा वटा स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।