काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्षबीच आज कुनै भेटवार्ता नभएको पुष्टि भएको छ। दुवै नेताबीच आजका लागि कुनै कार्यक्रम तय नभएको स्रोतले जनाएको छ।
बालेन आज महानगरपालिकाका औपचारिक कार्यक्रमहरूमा व्यस्त छन् भने रवि पार्टीका आन्तरिक बैठक तथा रणनीतिक छलफलमा व्यस्त रहेका कारण भेट सम्भव नभएको बताइएको छ।
हिजो दुवै पक्षबीच भएको संवादपछि सहकार्य र सहमतिका सम्भावित बिन्दुहरूमा दुवै साइडका टिमले आ–आफ्नो तहमा तयारी (होमवर्क) गरिरहेका छन्। तर, ठोस सहमति वा नयाँ भेटको मिति पनि तय भइसकेको छैन।
राजनीतिक वृत्तमा चासोका साथ हेरिएको बालेन–रवि संवाद प्रक्रिया अहिले अनिश्चित अवस्थामा पुगेको छ।
दुवै नेताबीच पुनः संवाद हुन सक्ने सम्भावना रहे पनि तत्कालका लागि कुनै नयाँ पहल नदेखिएको स्रोतको दाबी छ । बालेन त्यति धेरै इच्छुक नभएकै कारण उनले धमाधम नयाँ कार्यालय व्यबस्थापन पनि गरिरहेका छन ।








प्रतिक्रिया