२५ असार २०८३, बिहिबार

राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिन्छ : शंकर पोखरेल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने बताएका छन् ।

नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने बताएका हुन् ।

युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेरमात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्नेमा उनले जोड दिए ।

एमाले युवाका नाममा राजनीति गर्ने पार्टी नभई युवालाई राजनीतिमा जोड्ने पार्टी भएको बताउँदै उनले ११औँ महाधिवेशनबाट एकतिहाइ नयाँ युवा सदस्य निर्वाचित भएको उल्लेख गरे ।