१ श्रावण २०८३, शुक्रबार

पाटनमा राजेश हमाल नेवारी पोसाकमा देखिँदा…

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता राजेश हमाल नेवारी पोसाकमा पाटन क्षेत्रमा देखिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू राख्दै हमालले ‘एट पाटन… संस्कृतिको संरक्षण गरौँ’ भन्ने सन्देशसमेत लेखेका छन् ।

सार्वजनिक तस्वीरहरूमा हमाल नेवारी परम्परागत पोसाकमा सजिएका देखिन्छन् । तस्वीर हेर्दा हमाल कुनै म्युजिक भिडियो वा चलचित्रको छायांकनमा संलग्न रहेको अनुमान गर्न सकिन्छ । यद्यपि, यसबारे हमालले थप केही खुलाएका छैनन् ।