३ श्रावण २०८३, आइतबार

डिजिटल डिसेम्बरअन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५–इम्पावरिङ इन्टरप्राइजेज अभियानअन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आध्यान्ता एड्भाइजरी र अमेरिकन चेम्बर अफ कमर्स इन नेपालसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

हाल सातौं वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई आज उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको छ । यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपिआई तथा होस्ट टु होस्ट कनेक्टिभिटीमार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैंकिङ सेवा जडान तथा एकिकृत गर्ने तथा डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

यस समझदारीअन्तर्गत बैंकको उद्यम डिजिटलाइजेशन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञता सँग जोडी पूँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ ।

डिजिटल अभिग्रहण देखि डिजिटल सिर्जनासम्म

यस समझदारीअन्तर्गत लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरू एपिआई सक्षमकरण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारीसँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्नेछ । यसमा नवप्रवर्तकहरूलाई उद्यम सम्बन्धित डिजिटल समाधानहरूको प्रोटोटाइप विकासका लागि चुनिएका ओपन एपिआईएस वा स्यान्डलबक्स वातावरणमा पहुँच, उच्च सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्याङ्कन तथा डिजिटल वित्त, फिनटेकमा आधारित वृद्धि र स्टार्टअप तथा स्केल अप पूँजी पहुँचसम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन् ।

बैंकका अनुसार यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने तीनवटा राष्ट्रव्यापि पहल सिडिङ एन्ड स्केलिङ इनोभेसन, कोड फर इम्प्याक्ट ह्याकाथन र यूएस–नेपाल कर्मसियल डिप्लोमेसी डिस्कसन सिरिजलाई समेत सघाउनेछ । यी कार्यक्रमहरूमा सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक, प्रारम्भिक चरणका संस्थापक र उदाउँदा उद्यमीहरू सहभागी हुनेछन् । कार्यक्रमहरूको उद्देश्य फिनटेक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जलवायु सहनशीलता जस्ता क्षेत्रहरूमा उद्यमी तयार पार्ने तथा एआईमा आधारित समाधानहरूको विकासलाई प्रवर्द्धन गर्ने हो ।

नवप्रवर्तन अर्थतन्त्रसँग उद्यम भुक्तानीको समन्वय

डिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तनको क्षेत्रसँग जोड्दै लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई केवल सञ्चालन सुधारको माध्यम मात्र नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहका रूपमा स्थापित गरेको छ । यस समझदारीले एकल उत्पादन अपनत्वबाट प्लेटफर्ममा आधारित बैंकिङतर्फको रूपान्तरणलाई प्रतिबिम्बित गर्दछ, जहाँ एपिआई एकीकृत भुक्तानी प्रणाली र होस्ट टु होस्ट कनेक्टिभिटीले व्यवसायलाई सुरक्षित र प्रभावकारी रूपमा विस्तार गर्न सक्षम बनाउँछ ।

आध्यान्ता एड्भाइजरीले कार्यक्रम डिजाइन, मार्गदर्शन र संलग्नताको समन्वय गर्नेछ भने अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र आध्यान्ता फण्ड म्यानेजमेन्टले निजी क्षेत्रका सञ्जालहरू परिचालन गरी भिजिबिलिटि, ज्ञान आदानप्रदान र व्यापक सहभागिता सुनिश्चित गर्नेछ ।

बैंकका अनुसार डिजिटल डिसेम्बर २०२५ एक महिनाभरि सञ्चालन हुने राष्ट्रव्यापी उद्यम संलग्नतासँगै समापनतर्फ उन्मुख हुँदै गर्दा यस समझदारीले कारोबारको डिजिटलाइजेशनबाट अगाडि बढ्दै नेपालको डिजिटल विकासको आगामी चरणलाई आकार दिने उद्यम, नवप्रवर्तक र प्रणालीहरूलाई सशक्त बनाउने दिशामा लक्ष्मी सनराइज बैंकको प्रयासलाई उजागर गर्दछ ।