३० असार २०८३, मंगलबार

प्रचण्ड कुन क्षेत्रबाट लड्ने ? यी हुन् सिफारिस भएका क्षेत्र

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन्।

तर, उनी अन्ततः कुन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ।

शान्ति प्रक्रियापछि फरक–फरक निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका प्रचण्ड यसपटक पनि बहुविकल्पीय सिफारिसमा परेका छन्। यद्यपि, हालसम्म उनले उम्मेदवारी दिने क्षेत्र टुंगो लगाएका छैनन्।

नेकपाले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश तथा जिल्ला समितिलाई निर्देशन दिएको छ।

प्रचण्ड सिफारिस भएका निर्वाचन क्षेत्रहरू-

बागमती प्रदेश

नुवाकोट–१

सिन्धुली–२

रामेछाप

(संभावित) काभ्रे

मधेस प्रदेश

महोत्तरी–४

गण्डकी प्रदेश

गोरखा–१

(संभावित) कास्की–१

लुम्बिनी प्रदेश

रोल्पा

रुकुम पूर्व

सुदूरपश्चिम प्रदेश

कैलाली–३

सिफारिस भएका क्षेत्रहरूमध्ये नुवाकोट–१ र सिन्धुली–२ मात्र २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले जितेको क्षेत्र हुन्।

प्रचण्डको अघिल्लो निर्वाचन इतिहास

२०६४ साल : संविधानसभा निर्वाचन- काठमाडौँ–१० र रोल्पा–२ बाट विजयी

२०७० साल : दोस्रो संविधानसभा निर्वाचन- सिराहा–३ बाट विजयी, काठमाडौँ–१० बाट पराजित

२०७४ साल : वाम गठबन्धनबाट चितवन–३ बाट भारी मतले विजयी

२०७९ साल : सुरुमा चितवन–३ भनिए पनि अन्ततः गोरखा–२ बाट उम्मेदवार, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता भएपछि गोरखा–२ प्रचण्डलाई छोडिएको थियो ।

अब प्रचण्डले कुन निर्वाचन क्षेत्र रोज्छन् भन्ने निर्णयलाई पार्टीभित्र र बाहिर चासोका साथ हेरिएको छ।