७ कार्तिक २०८३, शनिबार

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट खारेज

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाका छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरूलाई पदमुक्त गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

अदालतले उनीहरूलाई पदमुक्त गर्न नपर्ने भन्दै निर्देशनात्मक आदेश गरेको हो ।

त्यसकाविरूद्व अधिवक्ता विपिन ढकालले रिट दायर गरेका थिए । ढकालले आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउन माग गरेका थिए ।

आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।