२९ आश्विन २०८३, बिहिबार

सञ्चारमन्त्रीसँगको भेटमा प्रचण्डले भने- फागुन २१ मा चुनावको विकल्प छैन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा चुनावको विकल्प नभएको बताएका छन् ।

आज सञ्चारमन्त्री जगदीश खरेलको भेटमा प्रचण्डले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने र त्यसका लागि आफूहरू सहयोगका लागि तयार रहेको बताएका हुन् ।

मन्त्री खरेलले आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् । निर्वाचनका वातावरण बनाउन आफूले शीर्ष नेताहरूसँग भेट गरेको उनले बताए ।

खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ।’