काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कवितामाथि सामाजिक सञ्जालमा भइरहेका शरीरसम्बन्धी टिप्पणीप्रति कडा असन्तुष्टि जनाएकी छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले कसैको अवस्था नबुझी उसको रूप, शरीर वा अस्तित्वमाथि टिप्पणी गर्नु अमानवीय भएको उल्लेख गरेकी छन्। सौन्दर्य कुनै एक ढाँचामा सीमित नहुने भन्दै विविधता नै समाजको शक्ति भएको उनको भनाइ छ।
करिश्माले आफ्नो छोरी जस्तो छ, त्यही रूपमा बाँच्न पाउनु उसको अधिकार भएको उल्लेख गर्दै नकारात्मक टिप्पणीले मानसिक असर पार्ने बताएकी छन्।
यस्ता गतिविधिले आफू वा परिवारलाई मानसिक क्षति पुगे कानुनी प्रक्रिया अपनाउन सक्ने अधिकार आफूमा रहेको पनि उनले स्पष्ट पारेकी छन्।
उनले आफ्नो सन्तानप्रति सचेत हुनु वा आफू जस्तो छ, त्यही रूपमा बाँच्न चाहनु अपराध नभएको स्पष्ट पारिन् ।
उनले भनेकी छिन्, ‘हामी जे जस्ता छौं, प्रकृतिले बनाएका हौं। त्यसमा हामीलाई कुनै गुनासो छैन। यसैमा हामी सन्तुष्ट र खुसी छौं। तपाईंलाई मन पर्दैन भने नहेर्नुस्। तर आफ्नो समय, ऊर्जा र मानसिकता नकारात्मक शब्द लेख्न खर्चिँदा त्यसको असर अन्ततः तपाईंमै पर्छ।’








प्रतिक्रिया