२२ असार २०८३, सोमबार

एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप : पुलिस र आर्मीको विजयी सुरुआत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए महिला तथा पुरुष च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुआत गरेको छ ।

आर्मीले आज च्याम्पियनसिपअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले पहिलो, दोस्रो र तेस्रो सेटमा २५–१६, २५–१४ र २५–२३ को नतिजा हात पारेको थियो । जितसँगै आर्मीले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ । यसअघि, आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा साविक विजेता विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।

पुलिसले सुदूरपश्चिम प्रदेशलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१०, २५–६ र २५–११ को नतिजा निकालेको थियो ।

जितसँगै समूह ‘बी’मा रहेको पुलिसले पहिलो तीन अंक जोडेको छ । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेस प्रदेश खेलकुद परिषद्को सहभागिता छ ।