९ असार २०८३, मंगलबार

बालेनले भोलि हर्क सम्पाङसँग भेटवार्ता गर्ने

भने– म संघीयता पक्षधर हुँ

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरका मेयर बालने साहले भोलि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग भेटवार्ता गर्ने भएका छन् ।

सुधन गुरुङ लगायतसँगको छलफलमा बालेनले भोलि साम्पाङसँग भेटवार्ता गर्ने जानकारी दिएका हुन् । साम्पाङले जेनजी आन्दोलनपछि बालेनको चर्को आलोचना गर्दै आएका छन् ।

यस्तै बालेनले आफू संघीयता पक्षधर रहेको स्पष्ट पारेका छन् ।

भेटपछि एकजना भेटमा संलग्न स्रोतले भने, बालेनले आफू संघीयता पक्षधर नै रहेको र संघीयता विरोधी भनेर बजारमा चलेको हल्लाप्रति अनभिज्ञता प्रकट गर्नुभयो ।’