काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।













प्रतिक्रिया