काठमाडौं । भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा एक सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । २४ जना घाइते छन् । भारतको नेसनल हाइवे ४८ मा बस दुर्घटना भएको हो ।
चित्रदुर्गका डीसीले बीबीसी हिन्दीसँग भने, “यो दुर्घटना बुधबार राति करिब २ बजे भएको हो । यसमा बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किँदा बसमा आगो लाग्यो ।
उनले अगाडि भने, “यो स्लिपर कोच बस थियो, जसमा ३२ यात्रु सवार थिए । अहिलेसम्म हामीले ११ शवको पहिचान गरेका छौँ र सबै घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।”
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले त्रिची–चेन्नई नेसनल हाइवेमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति शोक व्यक्त गरेका छन् । स्टालिनले मुख्यमन्त्री सार्वजनिक राहत कोषबाट मृतकका परिवारजनलाई जनही तीन लाख र गम्भीर घाइतेलाई एक÷एक लाख भारु सहायता दिने घोषणा गरेका छन् ।
बुधबार राति त्रिचीबाट चेन्नईतर्फ जाँदै गरेको सरकारी बसको अगाडिको टायर फुटेको थियो । त्यसपछि बस दुई कारसँग ठोक्किएको जनाइएको छ ।








प्रतिक्रिया