काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘आर्थिक वर्ष २०८१/८२ मा डिजिटल कारोबारमा उत्कृष्टता’ र ‘आर्थिक वर्ष २०८१/८२ मा नेपालपे क्यूआर कारोबारमा उत्कृष्टता’बाट सम्मानित भएको छ । आ.व. २०८१/०८२ मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेबापत बैंक अवार्डबाट सम्मानित भएको हो ।
मंगलबार नेपाल क्लियरिङ हाउसद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले अवार्ड ग्रहण गरेका थिए । समायानुकुल नविनतम डिजिटल बैंकिङ सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर विकास बैंकलाई प्राप्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ ।
विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंकसहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।
हाल गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।








प्रतिक्रिया