२५ जेष्ठ २०८३, सोमबार

सभापति देउवाले नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाम मात्रैको कार्यवाहक दिएको टिप्पणी गरेका छन् ।

बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभापति आजको बैठकमा नआएको भन्दै बाँकी रहेको बैठक र बाँकी रहेको शक्ति सबै बाहिरबाट अभ्यास भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु । उहाँले कार्यवाहक दिनुभएको छ । तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ । आज बैठकमा आउनुभएको छैन । तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’

त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।

उनले भने, ‘कांग्रेसले गएको एक डेढ महिनाभित्रमा खाली आफ्नो पार्टी कार्यालयभित्र बसेका छौँ हामीले अनावश्यक समय खेर फालिसक्यौँ। अब फेरि समय खेर फाल्ने कुरा हुँदैन । आलटाल गर्ने कुरा हुँदैन । यसरी महाधिवेशनमा जाँदैनौँ भन्ने हो भने विकल्प खुला छ । साथीहरूले माग राख्नुभएको छ, त्यो पनि विधानले भनेको छ । विशेष महाधिवेशन गर्ने र त्यहीबाट अधिवेशनले गर्ने निर्णय गर्छ ।’