२८ आश्विन २०८३, बुधबार

कांग्रेस बैठकमा लेखकलाई सुझाव– बयान दिन जाँदा राम्रो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा कुरा उठेको थियो ।

‘आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई वयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो । सुझाव दिने साथीहरूले वयान दिन जानू राम्रो हो भन्नुभयो,’ बैठकमा भएको कुराकानीबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले बताए ।