२२ असार २०८३, सोमबार

सरकारी टोलीद्वारा जनमत पार्टी कार्यालयको अनुगमन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ ।

बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले मध्यबानेश्वरस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।

अनुगमनका क्रममा जनमत अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।

अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री जगदीश खरेलले जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको बताए ।

उनले भने, ‘चुनावको वातावरण तयार गर्नको लागि सरकारको तर्फबाट हामी महत्वपूर्ण मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल र कुराकानी गरेका छौँ । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको भनेर अध्यक्षज्यूले जानकारी गराउनु भएको छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ ।’