२२ असार २०८३, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कारोबार भएको सुनको मूल्य बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ४ हजार २ सय ५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।