२५ जेष्ठ २०८३, सोमबार

तोलामा एकैदिन ५५ सयले बढेर हालसम्मकै महँगो बन्यो सुन

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा आज पुनः उच्च विन्दुमा पुगेको छ । मंगलबार (पुस ८) एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।

सोमबार दुई लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।