१६ असार २०८३, मंगलबार

बंगलादेशमा अर्का युवा नेताको टाउकोमा गोली हानियो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशमा फेरि अर्का युवकमाथि गोली प्रहार गरिएको छ । सोमबार मोतालेब सिग्दरमाथि गोली प्रहार गरिएको हो । उनी पनि बंगलादेशमा उदाएका युवा नेता हुन् ।

सरिफ ओस्मान हादीको हत्या भएको ठीक १० दिनपछि सिग्दरमाथि गोली हानिएको हो । भारतीय मिडिया दि हिन्दुका अनुसार कुल्नामा गोली हानिएका सिग्दरको टाउकोको पछाडि गोली हानिएको थियो ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली हानिएका युवा बंगलादेशका युवाले खोलेको नयाँ दल राष्ट्रिय नागरिक पार्टीका नेता हुन् ।