काठमाडौं । नेकपा (एमाले)ले ११ औं महाधिवेशनको निर्णय र सन्देश देशभर पुर्याउने लक्ष्यसहित आज सबै प्रदेश र ७७ जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले दिउँसो २ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्य, प्रदेश कमिटीका सबै सदस्यसम्म सहभागी हुनेछन् । अधिकारीले भने, “महाधिवेशनको प्रारम्भिक निर्णय र नेतृत्वको जिम्मेवारी जनमानसमा स्पष्ट पार्न आजको बैठक आयोजना गरिएको हो ।”
पार्टीले स्थानीय तहमा भइरहेका गतिविधि र महाधिवेशनले तोकेको राजनीतिक कार्यदिशालाई स्वीकृति दिन र कार्यान्वयन गर्न पार्टीपंक्तीलाई निर्देशन दिने तयारी गरेको छ ।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ ।








प्रतिक्रिया